अमेरिका–चीन व्यापारमा कीर्तिमान, गएको वर्ष ६ खर्ब ९० अर्ब डलरकाे व्यापार

 माघ २५, २०७९ बुधबार १७:२०:२० | एजेन्सी
unn.prixa.net

अमेरिका र चीनबीचको व्यापार कीर्तिमानीस्तरमा पुगेको छ । पछिल्ला केही वर्षदेखि अमेरिका र चीनबीचको कुटनीतिक सम्बन्धमा तनाव चुलिए पनि दुई देशबीचको व्यापार भने अहिलेसम्मकै धेरै भएको हो ।

सन् २०२२ मा अमेरिका र चीनबीच छ खर्ब ९० अर्ब डलरको व्यापार भएको बीबीसी हिन्दीको खबरमा उल्लेख छ । यसअघि अमेरिका र चीनबीच लामो समयदेखि चलेको व्यापार युद्धले विश्वभरको अर्थव्यवस्थामै नकारात्मक असर परेको थियो ।

राष्ट्रपति डोनाल्ड ट्रम्पको कार्यकालमा अमेरिकाले चीनबाट आयातमा धेरै गुणा कर लगाउन थालेपछि दुई देशबीच व्यापार युद्ध चलेको थियो । तर केही समयअघि वाशिङटनमा प्रतिष्ठित व्यापारीहरूको सहभागितामा दुवै देशका अधिकारीहरूबीच व्यापार युद्ध कम गर्ने सम्झौता भएको थियो ।

फेरि पछिल्ला केही दिनमा अमेरिकामा देखिएको चिनियाँ बेलुनलाई लिएर दुई देशबीचको तनाव फेरि गहिरिएको छ । अमेरिकाले यसलाई जासुस बेलुन भनेको छ भने चीनले मानवरहित मौसमबारे खबर जुटाउने बेलुन भएको जिकिर गरेको छ ।

तर दुई देशबीच दक्षिण चीन सागरमा चीनले कृत्रिम द्वीप बनाएकाे र त्यहाँ आफ्नाे सेनाकाे उपस्थिति बढाउने सहित ताइवान जस्ता मुद्दालाई लिएर पहिलेदेखि नै तनाव छ ।

अन्तिम अपडेट: बैशाख १६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया