टर्कीमा राहत तथा उद्धारमा ढिलाइ भइरहे पनि स्थिति नियन्त्रणमै छ : राष्ट्रपति एर्दोगान

 माघ २६, २०७९ बिहिबार ६:३९:३६ | एजेन्सी
unn.prixa.net

भूकम्पमा प्रभावितको उद्धार र राहतमा ढिलाइ भएको गुनासो बढेपछि टर्कीका राष्ट्रपति रेसेप तैयप एर्दोगानले यति ठूलो विपद्को सामनाका लागि पूर्व तयारी गर्न नसकिने बताउनु भएको छ। उहाँले राहत तथा उद्धारमा केही कठिनाइ भएको स्वीकार गर्नु भएको छ । तर, उहाँले स्थिति नियन्त्रणमा नै रहेको दाबी गर्नु भएको छ।

टर्कीका विपक्षी पार्टीले राष्ट्रपति एर्दोगानको आलोचना गरेका छन् । यस्तै, आलोचकहरुले पनि  उद्धार र राहत कार्यका लागि छिटो र छरितो रुपमा सञ्चालन हुनु पर्ने आपत्कालीन सेवाको व्यवस्थापनमा सरकारको कमजोरी भएको औँल्याएका छन् ।

टर्कीमा भूकम्प प्रभावित १० प्रान्तमा तीन महिनासम्मका लागि सङ्कटकाल लागू गरिएको छ । गएको सोमवारको भूकम्पका कारण टर्की र सिरियामा अहिलेसम्म कम्तीमा पनि १२ हजार जनाको ज्यान गएको छ । भूकम्प प्रभावित क्षेत्रमा अन्तर्राष्ट्रिय समुदायले पनि राहतका सामग्री पुर्याउन थालेका छन् ।

यस्तै, भूकम्पले सिरियामा पनि ठूलो क्षति गरेको हुन सक्ने भनिए पनि त्यहाँको वास्तविक अवस्था के छ भन्ने बारे जानकारी आएको छैन । सिरियामाथि प्रतिबन्ध रहेको र त्यहाँ विद्रोही समूह सक्रिय रहेकाले उद्धारसँगै राहत पुर्याउने काम प्रभावित भएको छ ।

तर, राष्ट्रपति बसर अल असदले सरकार तथा विद्रोही समूहको कब्जामा रहेका क्षेत्रसम्म सहयोग पुर्याउन मिल्ने घोषणा गर्नु भएको छ । हिमपात र चिसोले भूकम्प प्रभावित क्षेत्रमा कठिनाइ थप बढाएको छ । 

अन्तिम अपडेट: बैशाख ३०, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया