बुटवल–बर्दघाट १३२ केभी डबल सर्किट प्रसारण लाइन आजदेखि दैनिक चार घण्टा बन्द

 माघ २६, २०७९ बिहीबार ९:१८:१० | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै -  बुटवल–बर्दघाट १३२ केभी डबल सर्किट प्रसारण लाइन आजदेखि दैनिक चार घण्टा बन्द हुने भएको छ ।

नेपाल विद्युत् प्राधिकरण बुटवल ग्रिड महाशाखाले सूचना निकालेर आजदेखि फागुन ३ गतेसम्म बिहान ७ बजेदेखि ११ बजेसम्म विद्युत् प्रसारण बन्द हुने जनाएको हो।

नवलपरासी पश्चिमको सुनवल नगरपालिकमा टावर निर्माणको काम गर्नको लागि विद्युत् बन्द गर्न लागेको सूचनामा उल्लेख छ। प्रसारण लाइन बन्द हुँदा सुनवल, बुटवल, मैनीहवा सब स्टेसनहरुबाट सञ्चालित औद्योगिक तथा अरु ग्राहकहरुमा पनि विद्युत् सेवा बन्द हुनसक्ने सूचनामा उल्लेख छ। 

अन्तिम अपडेट: मंसिर १७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया