आईएमई पे र श्रीयोगबीच सम्झौता

 माघ २६, २०७९ बिहीबार २०:२३:४ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – आईएमई पे र श्रीयोग कन्सल्टिङ प्रालीबीच सम्झौता भएको छ । सम्झौताअनुसार आईएमई पे श्रीयोग डट कमको डिजिटल भुक्तानी सेवा प्रदायक रहनेछ ।

श्रीयोग डट कमलाई डिजिटल भुक्तानी प्रक्रिया सहज गराउने उद्देश्यका साथ यो सम्झौता गरिएको हो । श्रीयोग डट कमका दक्ष कामदारले आफ्नो सेवा बमोजिमको भुक्तानी रोजगारदाताबाट आईएमई पेको माध्यमबाट प्राप्त गर्न सक्नेछन् । 

यही माघ २५ गतेदेखि सञ्चालनमा रहने यो सम्झौतापछि सेवाग्राहीलाई डिजिटल प्रविधिको प्रयोग गरी आर्थिक कारोबार गर्ने बानीको विकाश हुँदै जाने दुवै कम्पनीले विश्वास राखेका छन् ।

अन्तिम अपडेट: असोज ९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया