कीर्तिपुर मैदनमा नयाँ डिजिटल स्कोर बोर्ड, दर्शकका लागि ‘फ्यान ...
मंसिर ७, २०८१ शुक्रबार
काठमाण्डौ - काठमाण्डौ उपत्यकासहित धेरै ठाउँको मौसम आंशिकदेखि सामान्य बदली भएको छ । पश्चिमी वायुको प्रभावकै कारण मौसम बदली भइरहेको छ ।
हिजो भन्दा आज र आज भन्दा भोलि मौसममा केही सुधार आउने मौसमविद् मञ्जु बासीले बताउनुभयो । उहाँका अनुसार आज कर्णाली र सुदूरपश्चिम प्रदेशका उच्च पहाडी र हिमाली जिल्लामा हिमपातको सम्भावना छ । अन्य क्षेत्रमा भने मौसम आंशिकदेखि सामान्य बदली हुनेछ । तराईका जिल्लामा हुस्सु लागेको छ ।
हुस्सुका कारण दैनिक जनजीवन प्रभावित हुन सक्ने भएकाले सतर्कता अपनाउन आग्रह गरिएको छ । मौसम बदली भइरहेको पनि वर्षाको सम्भावना नरहेको मौसमविद्ले बताएका छन् ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।