सिरियामा भूकम्प पछि भग्नावशेषमै जन्मिएकी शिशुको जिम्मेवारी लिन हजारौँ इच्छुक

 माघ २७, २०७९ शुक्रबार ९:५:३३ | एजेन्सी
unn.prixa.net

तस्बिर : एजेन्सी

सिरियामा भूकम्पले भत्काएको घरको भग्नावशेषमै जन्मिएकी शिशुको जिम्मेवारी लिन हजारौँले इच्छा देखाएका छन् । गएको सोमवार भूकम्पमा घर भत्किएपछि भग्नावशेषषमै जन्मिएकी शिशुको मङ्गलवार उद्धार भएको थियो । शिशुकी आमासहित परिवारका सबै सदस्यको ज्यान गएको छ । डाक्टरले शिशुको नाम आया राखिदिएका छन् ।

अरबी भाषामा आयाको अर्थ जादु अथवा अकल्पनीय भन्ने हुन्छ । उपचार गराइरहेकी आयालाई आफूले पाल्न चाहेको भनेर हजारौँले इच्छा देखाइरहेका बीबीसीले जनाएको छ । एक व्यक्तिले शिशुलाई ग्रहण गरेर उनलाई नयाँ जीवनको बाटो देखाउन चाहेको बताएका छन् ।

यस्तै, कुबेतमा टेलिभिजन कार्यक्रम चलाउने एक महिलाले कार्यक्रमबाटै यदि कानुनले दिने भएमा आफूले नै शिशु लिन चाहेको बताएकी खबरमा उल्लेख छ । शिशुको उपचार गराइरहेको अस्पतालका निर्देशक खालिद अतियाहले शिशुलाई जिम्मा लिनको लागि विभिन्न देशबाट दैनिक सयौँ फोन आइरहेको बताउनुभएको छ ।

आफ्नो शिशु पनि अहिले जम्मा ४ महिनाको भएको र श्रीमतीले नै आयालाई दूध खुवाइरहेको पनि निर्देशक अतियाहले बताउनुभएको छ । आया आफ्नै छोरी जस्तो लागेको उहाँको भनाइ छ । आया जन्मिएको भवनमा उनका आफन्तको अहिले पनि खोजी भइरहेको छ ।

गएको सोमवारको भूकम्पमा परेर अहिलेसम्म २१ हजार जनाको ज्यान गएको छ । 

अन्तिम अपडेट: भदौ ३१, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया