अष्ट्रेलियासँगको पहिलो टेष्ट क्रिकेटमा भारत विजयी

 माघ २८, २०७९ शनिबार १४:५१:३० | एजेन्सी
unn.prixa.net

काठमाण्डौ – अष्ट्रेलियासँगको पहिलो टेष्ट क्रिकेट भारतले जितेको छ । नागपुरमा भएको खेलमा भारत एक पारी र एक सय ३२ रन ले विजयी भएको हो ।

पहिलो पारीमा दुई सय २३ रनले पछि परेको अष्ट्रेलिया आज दोस्रो पारीमा ९१ रनमै अलआउट भयो । दोस्रो पारीमा अष्ट्रेलियाका स्टेभिन स्मिथले सर्वाधिक २५ रन बनाउनुबाहेक अरुले गतिलो ब्याटिङ गरेनन् ।

भारतका रविचन्द्रन आश्विनले पाँच तथा मोहम्मद शामी र रवीन्द्र जडेजाले २/२ विकेट लिए । यसअघि अष्ट्रेलिया पहिलो पारीमा एक सय ७७ रनमा अलआउट भएको थियो भने भारतले चार सय रन बनाएको थियो ।

४ खेलको टेष्ट र तीन खेलको एकदिवसीय शृङ्खला खेल्न अष्ट्रेलिया भारत भ्रमणमा रहेको छ । 
 

अन्तिम अपडेट: असोज १, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया