टर्की भूकम्प : एक सय १५ घण्टापछि एक जना गर्भवतीको उद्धार, ज्यान गुमाउनेको संख्या २४ हजार नाघ्यो

 माघ २८, २०७९ शनिबार १५:३२:४४ | उज्यालो सहकर्मी
unn.prixa.net

टर्कीमा भूकम्प गएको एक सय १५ घण्टापछि एक जना गर्भवती र उनकी छोरीको जीवितै उद्धार भएको छ ।

टर्कीको गाजिएन्टेपमा भत्किएको एउटा भवनको भग्नावशेषबाट उनीहरुको उद्धार भएको उद्धारकर्मीहरुलाई उद्धृत गर्दै बीबीसीले जनाएको छ । 

यसअघि भूकम्प गएको एक सय १० घण्टामा पनि एक जना किशोरसहित केही मानिसको जीवितै उद्धार भएको थियो ।

अत्याधिक चिसो र भूकम्प गएको लामो समय भैसकेकाले मानिसहरु जीवित भेटिने आशा कम हुँदै गएका बेला चामत्कारिक दृष्यहरु देखिएको बीबीसीले जनाएको छ ।

हिजो पनि भूकम्प गएको ९० घण्टापछि एक जना १० दिनको शिशु र उनकी आमाको जीवितै उद्धार भएको थियो ।

भूकम्पका कारण टर्की र सिरियामा ज्यान गुमाउनेको संख्या २४ हजार नाघेको छ ।

टर्कीमा २० हजार ६ सय ६५ जना र सिरियामा ३ हजार ५ सय जनाको ज्यान गएको पुष्टि भइसकेको बीबीसीले जनाएको छ ।

टर्कीमा सोमवार बिहान सात दशमलव ८ रेक्टर र दिउँसो सात दशमलव ७ रेक्टर स्केलको भूकम्प गएको थियो ।

संयुक्त राष्ट्र संघले टर्की र सिरियामा ९ लाख मानिसलाई तत्काल पकाएको खानाको अभाव रहेको जनाएको छ । राष्ट्र संघले सिरियामा मात्रै ५३ लाख मानिस घरबार विहीन हुने बताएको छ ।

उद्धारकर्ताहरूले ९३ हजार जनाभन्दा धेरैलाई भूकम्पको कारण भत्किएका भवनको भग्नावशेषबाट जीवितै उद्धार गरेका छन् ।

उद्धार कार्यमा एक लाख ६६ हजार जनाभन्दा बढी मानिस खटिएका बीबीसीले जनाएको छ । 
 

अन्तिम अपडेट: असोज २६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया