पेन्सन पाउने उमेर ६२ वर्षबाट बढाएर ६४ वर्ष पुर्याएको विरोधमा फ्रान्समा प्रदर्शन

 माघ २९, २०७९ आइतबार १०:३:२२ | एजेन्सी
unn.prixa.net

फ्रान्समा सेवानिवृत्तिभरण अर्थात् पेन्सन पाउने उमेर ६२ वर्षबाट बढाएर ६४ वर्ष पुर्या‍उने योजनाको विरोध गर्दै हजारौँ मानिसले प्रदर्शन गरेका छन् । फ्रान्सेली सरकारले सेवानिवृत्तिभरण कोषको बोझ कम गर्न भन्दै पेन्सन पाउने उमेर बढाएपछि त्यहाँका नागरिकले विरोध गरेका रोयटर्सले जनाएको छ ।

पश्चिमा समृद्ध देशहरूमध्ये फ्रान्समा सबैभन्दा लामो पेन्सन अवधि छ । फ्रान्सेली नागरिकले यो व्यवस्थाको निरन्तर हुनुपर्ने माग गरे पनि सरकारले सेवानिवृत्तिभरणको बोझ बढी भएको बताएको छ । फ्रान्सका राष्ट्रपति इम्यानुएल म्याक्रोनले पेन्सन प्रणालीको निरन्तरताका लागि सुधार आवश्यक रहेको बताउँदै आउनुभएको छ ।

फ्रान्सका श्रमिक सङ्गठनहरूले सरकारले आफ्नो माग पूरा नगरे मार्च ७ तारिखदेखि फ्रान्समा जनजीवन प्रभावित हुनेगरी हड्ताल गर्ने चेतावनी दिएका छन् । राजनीतिक दलबीच भएको मतभेदका कारण संसदमा विवाद बढेपछि सरकारले संसदमा मतदान नगरी अध्यादेशमार्फत् संशोधन कार्यान्वयन गरेको थियो ।  

अन्तिम अपडेट: असार ७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया