शेयर बजार झन्डै ६१ अङ्कले घटेर राताम्मे, ३ अर्ब ४ करोड रुपैयाँको कारोबार

 माघ २९, २०७९ आइतबार १५:१५:४३ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – हप्ताको पहिलो दिन आज आइतवार शेयर बजार उच्च अङ्कले घटेर राताम्मे भएको छ । शेयर बजार परिसूचक नेप्से आज ६० दशमलव ७७ अङ्कले घटेर दुई हजार एक सय २१ दशमलव ८७ विन्दुमा झरेको छ ।

सबै समूहको शेयर घटेकोमा बीमा, माइक्रोफाइनान्स, जलविद्युत् र उत्पादन समूहको शेयर उच्च अङ्कले ओरालो लागेको छ । दुई सय ५३ वटा कम्पनीका ८१ लाख ३९ हजार कित्ता शेयर तीन अर्ब चार करोड ७७ लाख रुपैयाँमा कारोबार भएका छन् । सबैभन्दा धेरै हिमालयन डिष्टिलरीको १४ करोड ३५ लाख रुपैयाँको शेयर किनबेच भएको छ ।

आज सबैभन्दा धेरै ङादी ग्रुप पावर, हिमालयन पावर पार्टनर, खानीखोला जलविद्युत्, ग्रीन लाइफ हाइड्रो, वरुण हाइड्रो र राधी जलविद्युत् कम्पनीको शेयर छ प्रतिशतभन्दा धेरैले घटेको छ । समग्रमा बजार राताम्मे भए पनि आज खप्तड लघुवित्तको शेयर साढे चार प्रतिशत र साम्लिङ पावर कम्पनीको शेयर साढे तीन प्रतिशतले बढेको छ ।

अन्तिम अपडेट: मंसिर १४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया