चालु आर्थिक वर्षको बजेट २ खर्ब ४४ अर्ब रुपैयाँले कटौती, राजस्व र ऋणको लक्ष्य पनि घट्यो

 माघ २९, २०७९ आइतबार १६:२१:४ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल फाेटाे

काठमाण्डाै – सरकारले चालु आर्थिक वर्षको बजेटमा संशोधन गरेको छ । अर्थ मन्त्री विष्णु पौडेलले प्रतिनिधि सभाको आइतवारकाे बैठकमा चालु आर्थिक वर्ष २०७९/८०को बजेटको अर्धवार्षिक समीक्षा प्रतिवेदन सार्वजनिक गर्दै बजेटको आकार दुई खर्ब ४४ अर्ब रुपैयाँले कटौती गरिएको जानकारी दिनुभयो । यसअघि पूर्व अर्थ मन्त्री जनार्दन शर्माले १७ खर्ब ९३ अर्ब ९३ करोड रुपैयाँको बजेट ल्याउनुभएकाेमा अहिले अर्थ मन्त्री पौडेलले संशोधन गरेर १५ खर्ब ४९ अर्ब ९९ करोड रुपैयाँमा झार्नुभएको हो ।

यसअघि ११ खर्ब ८३ अर्ब रुपैयाँ चालु बजेट विनियोजन भएकोमा अब १० खर्ब २१ अर्ब रुपैयाँमा झारिएको छ । यस्तै तीन खर्ब ८० अर्ब रुपैयाँ पुँजीगत बजेट विनियोजन भएकोमा अहिले तीन खर्ब १३ अर्ब रुपैयाँमा झारिएको अर्थ मन्त्री पाैडेलले जानकारी दिनुभएको छ ।

सरकारले राजस्व सङ्कलन र आन्तरिक ऋणको लक्ष्य पनि घटाएको छ । यसअघि १४ खर्ब ९६ अर्ब राजस्व र आन्तरिक ऋण सङ्कलनको लक्ष्य लिइएकोमा अहिले संशोधन गरेर १३ खर्ब ४१ अर्ब रुपैयाँमा झारिएको छ । यस्तै ५५ अर्ब रुपैयाँको वैदेशिक अनुदानको लक्ष्य रहेकोमा यसलाई घटाएर अर्थ मन्त्री पौडेलले ३८ अर्ब ४५ करोड रुपैयाँमा झार्नुभएको छ । यस्तै बजेटमा दुई खर्ब ४२ अर्ब रुपैयाँ वैदेशिक ऋणको लक्ष्य लिइएकोमा अहिले संशोधन गरेर एक खर्ब ७० अर्ब रुपैयाँमा झारिएको पौडेलले जानकारी दिनुभयो ।

अर्थ मन्त्री पौडेलले सरकारले फजुल खर्च रोक्नका लागि विभिन्न निर्देशन र कार्यविधि जारी गरेको विषय पनि संसद्लाई जानकारी दिनुभएको छ ।

अन्तिम अपडेट: बैशाख २६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया