भारतीय विदेश सचिव क्वात्रा नेपाल आउँदै

 फागुन १, २०७९ सोमबार ८:११:५७ | उज्यालो सहकर्मी
unn.prixa.net

तस्बिर : एजेन्सी

काठमाण्डाै - भारतका विदेश सचिव विनयमोहन क्वात्रा आज नेपाल आउँदै हुनुहुन्छ । परराष्ट्र सचिव भरतराज पौडेलको निमन्त्रणामा उहाँ नेपाल आउन लागेका परराष्ट्र मन्त्रालयले जनाएको छ । उहाँ काठमाण्डौ आएलगत्तै नेपाल–भारत परराष्ट्र सचिवस्तरीय बैठक बस्ने तयारी छ ।

संयन्त्रको बैठक १७ महिनापछि बस्न लागेको हो । परराष्ट्र मन्त्रालयका अनुसार पौडेल र क्वात्राबीच कनेक्टीभिटी, विद्युत् व्यापार, कृषि तथा स्वास्थ्यसहितका विषयमा कुराकानी हुनेछ । आज र भोलि नेपाल रहँदा उहाँले राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, परराष्ट्रमन्त्री विमला राई पौड्याल लगायतका उच्च पदाधिकारीसँग भेट्ने कार्यक्रम छ ।

लिपुलेक, लिम्पियाधुरा, कालापानी र सुस्ताको वर्षौँ पुरानो विवाद समाधानका लागि दुवै देशबाट पहल नभइरहेको बेला परराष्ट्र सचिवस्तरीय बैठक हुन लागेको हो । तर बैठकमा सीमा समस्याका विषयमा छलफल हुने या नहुने भन्ने टुङ्गो छैन । 

अन्तिम अपडेट: जेठ २४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया