आफ्नो आकाशबाट चौथो शङ्कास्पद वस्तुलाई खसालेको अमेरिकाको दाबी

 फागुन १, २०७९ सोमबार १९:११:२६ | एजेन्सी
unn.prixa.net

तस्बिर : ईपीए

अमेरिकाले आफ्नो आकाशमा उडिरहेको अर्को एउटा शङ्कास्पद मानवरहित वस्तुलाई खसालेको बताएको छ । अमेरिकाले गएकाे नाै दिनमा चौथो शङ्कास्पद वस्तु खसालेको बीबीसीले जनाएको छ ।

राष्ट्रपति जो बाइडेनले हिजो आइतवार क्यानडाको सिमाना नजिक पर्ने ह्युरन तालमाथि उडिरहेको शङ्कास्पद वस्तु खसाल्न आदेश दिनुभएको थियो । अमेरिकी अधिकारीहरूले त्यसलाई मानवरहित र सैन्य खतरा नभएको वस्तु भनेका छन् । अधिकारीहरूले यी वस्तुहरू कहाँबाट आएका थिए वा ती वस्तुको उद्देश्य के थियो भन्ने कुरा पहिचान भइनसकेको बताएका छन् ।

चार वटामध्ये सुरुमा खसालेको बेलुन भने चिनियाँ जासुस बेलुन रहेको अमेरिकाले बताएको छ । त्याे बेलुनलाई लिएर अमेरिकाले चीनको आलोचना गर्दै आएको छ ।

यसैबीच चीनले बेलुनको विषयलाई लिएर अमेरिकाले अरूको आलोचना गर्नुभन्दा आत्मालोचना गर्नुपर्ने बताएको छ । आफ्नो मौसमी बेलुन बाटो बिराएर अमेरिकी आकाशमा पुगेको दाबी गर्दै चीनले यस विषयमा अमेरिकाले आत्मालोचना गर्नुपर्ने बताएको हो ।

नियमित पत्रकार सम्मेलनका क्रममा चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता वाङ वेनबिनले अमेरिकाले बेलुन खसालेर गल्ती गरेको बताउनुभयो । उहाँले गएको वर्ष अमेरिकाले आफ्नो आकाशमा १० वटाभन्दा धेरै बेलुन उडाएको दाबी पनि गर्नुभयो ।

अमेरिकाले आफ्नो आकाशमा आइपुगेको चिनियाँ बेलुन खसालेपछि दुई देशबीचको सम्बन्ध झनै तनावग्रस्त बनेको छ । ताइवानको विषयलाई लिएर चिसिँदै गएको सम्बन्ध सुधार्ने प्रयास भइरहेको बेला बेलुन काण्डले समस्या झनै बढेको हो ।

अन्तिम अपडेट: भदौ ३०, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया