आजको मौसम : सामान्यतया सफा

 फागुन २, २०७९ मंगलबार ८:२०:४३ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - आज सामान्यतया देशका धेरै ठाउँको मौसम सफा रहने मौसमविद्ले बताएका छन्।

मौसमविद् शान्ति कँडेलका अनुसार आज प्रदेश १, बाग्मती र गण्डकी प्रदेशको मौसम भने आंशिक बदली हुने सम्भावना छ। अन्य क्षेत्रको मौसम भने सामान्यतया सफा नै रहने मौसमविद् कँडेलले बताउनुभयो । तत्काललाई मौसम बदली हुने कुनै पनि प्रणाली नेपालमा नरहेको उहाँले जानकारी दिनुभयो।

मौसमविद्का अनुसार तत्काललाई पानी पर्ने सम्भावना पनि छैन । यसपालि हिउँदमा खासै पानी पर्न  सकेको छैन । पानी नपर्दा डढेलोको जोखिम बढेको छ भने बिजुली उत्पादनमा पनि असर पर्न थालेको छ । यस्तै, कृषि बालीमा पनि नोक्सानी भइरहेको छ। 

अन्तिम अपडेट: असोज ८, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया