शेयर बजार दोहोरो अङ्कले घटेर २१ सय विन्दुभन्दा तल झर्‍याे, कारोबार रकममा पनि कमी

 फागुन ३, २०७९ बुधबार १५:३३:१८ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – शेयर बजार आज बुधवार पनि घटेको छ । हिजो मङ्गलवार १६ अङ्कले घटेको शेयर बजार परिसूचक नेप्से आज १३ दशमलव ९० अङ्कले घटेर दुई हजार ९१ दशमलव ५६ विन्दुमा झरेको छ ।

आज सबै समूहको शेयर ओरालो लागेको छ । बजारसँगै कारोबार रकम पनि घटेको छ । दुई सय ५६ वटा कम्पनीका ४८ लाख १५ हजार कित्ता शेयर एक अर्ब ७३ करोड २५ लाख रुपैयाँमा कारोबार भएका छन् । सबैभन्दा धेरै अपी पावर कम्पनीको छ करोड २० लाख रुपैयाँको शेयर किनबेच भयो ।

आज गरिमा डिबेन्चर २०८५ को शेयर १० प्रतिशतले र विजय लघुवित्त र माहुली लघुवित्तको शेयर साढे चार प्रतिशतले घटेको छ । समग्रमा बजार घटे पनि आज सबैभन्दा धेरै युनिलिभर नेपालको शेयर साढे आठ प्रतिशत र बाराही हाइड्रोको शेयर साढे सात प्रतिशतले बढेको छ ।

अन्तिम अपडेट: चैत २७, २०८०

तपाईको प्रतिक्रिया