भारतीय जनता पार्टीले चन्दाबापत एकै वर्ष ६ अर्ब १४ करोड भारु प्राप्त गर्‍याे

 फागुन ३, २०७९ बुधबार १८:२:३२ | एजेन्सी
unn.prixa.net

भारतीय जनता पार्टी (भाजपा) ले एकै वर्ष ६ अर्ब भारुभन्दा धेरै चन्दा प्राप्त गरेको छ । एसोसिएशन अफ डेमोक्रेटिक रिफर्म्स (एडीआर) को रिपोर्टअनुसार भाजपाले सन् २०२१/०२२ मा सबैभन्दा धेरै चन्दा प्राप्त गरेको बीबीसी हिन्दीले जनाएको छ ।

एडीआरकाे अनुसार सन् २०२१/०२२ का लागि राष्ट्रिय राजनीतिक दलहरूले कुल ७ अर्ब ८० कराेड भारु प्राप्त भएकाे घाेषणा गरेका छन् । भाजपाले घाेषणा गरेकाे चन्दा यस अवधिमा कांग्रेस, एनसीपी, भाकपा, माकपा, एनपीईपी, तृणमूल कांग्रेसद्वारा घाेषित कुल चन्दाभन्दा तीन गुणाले धेरै हाे ।

एडीआर रिपोर्टका अनुसार भाजपाले ६ अर्ब १४ करोड भारु र कांग्रेसले ९५ करोड भारु चन्दा प्राप्त गरेको छ । यो रकमलाई दुवै पार्टीले स्वीकार गरेका छन् । भाजपाले ४ हजार ९ सय ५७  तथा कांग्रेसले १ हजार २ सय ५५ जना व्यक्ति र संस्थाको चन्दाबाट यो रकम प्राप्त गरेको बताएका छन् । अघिल्लो आर्थिक वर्षमा राष्ट्रिय दलहरूले प्राप्त गरेको चन्दा ३१ प्रतिशतले बढेको खबरमा उल्लेख छ ।

अन्तिम अपडेट: असोज १, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया