टर्की र सिरिया भूकम्पमा दातालाई ठग्न सामाजिक सञ्जालको प्रयोग

 फागुन ४, २०७९ बिहीबार ९:११:२० | एजेन्सी
unn.prixa.net

फाइल तस्बिर

टर्की र सिरियामा गएको भूकम्पपछि दाताहरुलाई ठग्न टिकटकसहित सामाजिक सञ्जालको दुरुप्रयोग भएको पाइएको छ ।

भूकम्प पीडितका नाममा ठगीका घटना बढेका छन् । ठगी गर्नेहरूले भूकम्पलाई बहाना बनाइ मिथ्या कारण देखाएर आर्थिक सहयोगको आह्वान गरिरहेको सुरक्षा विज्ञहरूले बताएका छन् । अभाव र समस्यामा रहेकाहरूलाई सहयोग गर्नुको साटो त्यसरी सङ्कलित रकम वास्तविक परोपकारी संस्थाहरूमा नभइ ठगी गर्नेहरूको खाता र क्रिप्टोकरेन्सी वालेटहरूमा गइरहेका छन् । केहीले टिकटक खातामार्फत् विनासका तस्बिरहरू, अतिरञ्जित दृश्य र उद्धारको प्रयासहरू देखाउने टीभीका भिडिओहरू सार्वजनिक गर्दै चन्दा मागिरहेको पाइन्छ।

ट्विटरमै ठगी गर्नेहरुले राहत सङ्कलन गर्न खाता बनाएर लिङ्क पोस्ट गरेका भेटिएको छ । वास्तविक सङ्गठन वा समाचार संस्थाजस्तै देखिने लिङ्कबाट ठगी भइरहेको सोनाटाइपका साइबर सुरक्षा विज्ञ एक्स शर्मालाई उद्धृत गरी बीबीसीले जनाएको छ।

आफ्नो देशमा सञ्चालित सहयोग अभियानबारे खोजी गर्न, कुनै शङ्कास्पद विषयमा राज्यका निकाय वा सामाजिक सञ्जालमा रिपोर्ट गर्न, भावुक बनाउने भाषा, तस्बिर र भिडिओहरूतर्फ सचेत हुन विज्ञको सुझाव छ। टर्कीमा अघिल्लो हप्ता सोमवार बिहान सात दशमलव आठ रेक्टर र दिउँसो सात दशमलव पाँच रेक्टर स्केलको भूकम्प गएको थियो । भूकम्पमा परि अहिलेसम्म टर्की र सिरियाका ४१ हजारभन्दा धेरैको ज्यान गएको पुष्टि भइसकेको छ ।

अन्तिम अपडेट: असोज ९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया