आईएमई पे र क्यूएफएक्स सिनेमाजबीच सम्झौता, फिल्मकाे टिकटमा ५० रुपैयाँको 'फ्ल्याट क्यासब्याक'

 फागुन ४, २०७९ बिहिबार १३:१७:३५ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - आईएमई पे र क्यूएफएक्स सिनेमाजबीच सम्झौता भएको छ । दुई कम्पनीबीच आईएमई पे डे एट क्यूएफएक्स नामक अफरका लागि सम्झौता भएको हाे।

यस अफरअन्तर्गत क्यूएफएक्स सिनेमाजको वेबसाइट र एप्लिकेसनबाट आईएमई पे रोजेर बुधवारको दिन मुभी टिकटको भुक्तानी गर्दा ५० रुपैयाँको फ्ल्याट क्यासब्याक हरेक हप्ता प्राप्त गर्न सकिने कम्पनीले जनाएकाे छ ।

यो अफर अवधिभरको हरेक बुधवारको खरिदमा मात्र लागू हुने भएकाे छ । प्रयोगकर्ताहरुले एक दिनमा एक पल्ट मात्र यो अफर अन्तर्गतको लाभ प्राप्त गर्न सक्ने कम्पनीले जनाएकाे छ । त्यसपछि प्रयोगकर्ताहरुले पुनः अर्को बुधवार मात्र अफरको फाइदा लिन सक्नेछन्। आउँदाे  दिनका लागि लाइभ भएको टिकटहरु पनि बुधवारका दिन खरिद गर्दा ग्राहकहरुले छुट पाउनेछन् । यो अफर क्यूएफएक्स सिनेमाजको ११ वटा हलहरुमा लागू भएको छ ।

मङ्गलवार काठमाण्डाैमा आयोजित सम्झौता आदानप्रदान कार्यक्रममा बोल्दै आईएमई पेका प्रमुख व्यापार अधिकृत आमोद भट्टराईले अफर डिजिटल भुक्तानी माध्यममा प्रोत्साहन दिन उचित कदम हुने बताउनु भयाे । त्यस्तै, क्यूएफएक्स सिनेमाजका व्यापार विकास प्रमुख तृप्ती गिरीले आईएमई पेसँग आबद्ध भइ यो अफरमार्फत् फिल्म प्रेमीहरुलाई सहज हुने र अझ बढी ग्राहकहरु आकर्षित हुने विश्वास व्यक्त गर्नुभयो ।

अन्तिम अपडेट: चैत २४, २०८०

तपाईको प्रतिक्रिया