दाङमा ग्यास सिलिन्डर विस्फोट हुँदा २ जना घाइते

 फागुन ४, २०७९ बिहिबार १५:१०:५२ | रासस
unn.prixa.net

प्रतीकात्मक तस्बिर

दाङ – दाङको तुलसीपुर उपमहानगरपालिका–१६ लहलौरामा आज बिहीवार खाना पकाउने ग्यास सिलिन्डर विस्फोट हुँदा दुई जना घाइते भएका छन् । 

घाइते हुनेमा तुलसीपुर उपमहानगरपालिका–१६ लहलौराका ५० वर्षीया कुसुम केसी र चितवनकाे भरतपुर महानगरपालिका–५ घर भई तुलसीपुर–१६ मा बस्दै आएका २९ वर्षीय आशिष खनाल रहेका इलाका प्रहरी कार्यालय तुलसीपुरले जनाएको छ ।

तुलसीपुर–१६ मा रहेको कृषि बिउ उत्पादन कम्पनीमा खाना पकाउने क्रममा ग्यास सिलिन्डर विस्फोट हुँदा केसीको कम्मरमुनिको भाग जलेको छ भने खनालको दुवै हात र खुट्टा जलेको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख एवम् प्रहरी नायब उपरीक्षक पुष्पराज मल्लले जानकारी दिनुभयो ।

दुवै जनाको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा सामान्य उपचारपछि थप उपचारका लागि नेपालगञ्ज पठाइएको छ । घाइतेमध्ये कुसुमको अवस्था गम्भीर रहेको छ भने आशिषको अवस्था मध्यम रहेको प्रहरीले जनाएको छ ।

अन्तिम अपडेट: चैत १४, २०८०

तपाईको प्रतिक्रिया