एन्टार्क्टिकाकाे एउटा विशाल हिमनदी पूरै पग्लिने जोखिममा

 फागुन ४, २०७९ बिहीबार १६:२७:२३ | एजेन्सी
unn.prixa.net

तस्बिर : एजेन्सी

एन्टार्क्टिकामा रहेको एउटा विशाल हिमनदी थ्वेइट्स अनुमान गरिएको भन्दा चाँडो पग्लिरहेको एउटा अध्ययनले देखाएको छ । बेलायतको एन्टार्क्टिक सर्भे र अमेरिकाको एन्टार्क्टिक कार्यक्रमले हिमनदीमुनि सेन्सर र पानीमुनि रोबट राखेर गरेको अध्ययनले थ्वेइट्स हिमनदी यसअघि अनुमान गरिएको भन्दा चाँडो पग्लिरहेको देखाएको बीबीसीले जनाएको छ ।

यो एन्टार्क्टिकामा गरिएकाे अहिलेसम्मकै ठूलो अध्ययन हो । थ्वेइट्स हिमनदीको आकार बेलायतको क्षेत्रफल जत्तिकै छ । यो हिमनदी पूरै पग्लियो भने त्यसले विश्वव्यापीरूपमा समुद्रको स्तरलाई आधा मिटरले बढाउने विज्ञहरूले बताएका छन् ।

सन् १९९० को दशकको अन्तिमदेखि हिमनदी आफ्नो प्रारम्भिक रेखाबाट १४ किलोमिटर खुम्चिएको देखिएको छ । कतिपय ठाउँमा त्यो रेखा अहिले वर्षमा एक किलोमिटरभन्दा बढीले खुम्चिएको पाइएको अध्ययन प्रतिवेदनमा उल्लेख छ ।

नेचर जर्नलमा यही हप्ता प्रकाशित दुई वटा शोधपत्रमा थ्वेइट्स हिमनदी पग्लिने क्रम जलवायु परिवर्तनले गरेको असरको डरलाग्दो नमुना भनिएको बीबीसीले जनाएको छ । प्रतिवेदनमा हिमनदी पग्लिनुको मुख्य कारण समुद्रमा बढिरहेको तापक्रम भनिएको छ ।

अन्तिम अपडेट: असार २१, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया