आईएमई पेबाट अब सजिलै ट्राफिक जरिबाना तिर्न मिल्ने

 फागुन ४, २०७९ बिहिबार १६:३७:२२ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – आईएमई पेबाट ग्राहकहरूले अब सजिलैसँग ट्राफिक जरिबाना भुक्तान गर्न मिल्ने सुविधा थपिएको छ ।

ग्राहकहरूलाई विभिन्न सेवाको सहज भुक्तानी सेवा प्रदान गर्दै आएको आईएमई पे एपले अब सरकारी तहमा गर्नुपर्ने भुक्तानीहरू जस्तै:- कर भुक्तानी, लोक सेवाको भुक्तानी गर्न, ट्राफिक जरिबाना भुक्तानी गर्न सकिने बनाएकाे हाे । 

ग्राहकहरूले लामो लाइनमा बसी जरिबाना तिर्न नपरोस् भन्ने उद्देश्यका साथ याे सुविधा ल्याइएकाे आईएमई पेले जनाएकाे छ । ट्राफिक जरिबाना तिर्नका लागि आईएमई पेको एपमा गभर्नमेन्ट सेवामा गई सूचीमा देखाइएको ट्राफिक फाइनमा गई मागिएको विवरण भरेर सजिलैसँग भुक्तानी गन सकिनेछ ।

अन्तिम अपडेट: चैत १३, २०८०

तपाईको प्रतिक्रिया