नेपाली चलचित्र ‘फूलबारी’ आजदेखि हलमा

 फागुन ५, २०७९ शुक्रबार ११:४४:२३ | रासस
unn.prixa.net

काठमाण्डाै - नेपाली चलचित्र ‘फूलबारी’ आजदेखि प्रदर्शनमा आएकाे छ । अवकाशप्राप्त शिक्षकको जीवनी देखाइएको यस चलचित्रमा विपिन कार्की, अरुणा कार्की, प्रियङ्का कार्की, सोमनाथ खनाल, अनुपम शर्मा, मनिष ढकाल, गौमाया गुरुङ, साक्षी सिंह भण्डारीसहित विशेष भूमिकामा अभिनेता दयाहाङ राईकाे अभिनय रहेकाे छ । 

सञ्चयकोषमार्फत् पाउने रकम विद्यालयमै आफ्नी आमाको नामबाट कोष खडा गरेर अवकाशप्राप्त जीवन आफ्नो श्रीमती र सन्तानसँग बिताउने चाहना राखेको अभिभावकको अभाव र सरलताको कथा चलचित्रमा देखाइएको छ । यशोधा फिल्मको ब्यानरमा निर्माण भएको चलचित्रमा किशोर मालपानीको कथा र उपेन्द्र सुब्बाको पटकथा रहेको छ भने यसलाई रामबाबु गुरुङले निर्देशन गरेका हुन् । 

शिक्षक जयनारायण शर्माका श्रीमती लक्ष्मी शर्मा र तीन छोरा छन् । जेठोले विवाह गरिसकेका छन् र श्रीमतीसहित छोरीसँग बस्छन् । माइलोको आफ्नै एक ब्याण्ड छ र स्ट्रगल गरिरहेका छन् । कान्छो भने आफ्नो भविष्य बनाउन अस्ट्रेलिया लागिका छन् । तीन छोराको भविष्यका लागि जीवनभर मेहनत गरेका शर्मा दम्पती उपचार गराउन सहर पुगेपछि भोग्ने परिस्थितिले दर्शकसँग चलचित्रलाई जोड्छ । 

अभिभावकले सन्तानबाट राख्ने अपेक्षा र सन्तानले भुलेको संस्कार नै यसको मूल कथा हो । प्रदर्शनको पूर्वसन्ध्यामा हिजाे काठमाण्डौमा गरिएको प्रदर्शनीमा चलचित्र हेर्न आइपुगेका कलाकर्मीले सकारात्मक प्रतिक्रिया दिएका छन् । विशेषत शिक्षक जय नारायणको भूमिकामा देखिएका अभिनेता कार्कीको चर्चा भयो । 'परिवारले हेर्नुपर्ने चलचित्र बनेको छ । यसले महत्त्व दर्शाउँछ', अभिनेता तथा निर्देशक निर्मल शर्माले भने । 

‘कबड्डी’ का शृङ्खलामार्फत् दर्शकमाँझ पुगेका निर्देशक गुरुङले ‘पुरानो डुङ्गा’पश्चात् फरक श्रेणीको चलचित्र निर्देशन गरेका हुन् । 'पहिलो दर्शक बनेका कलाकर्मी र मिडियाकर्मीबाट प्राप्त प्रतिक्रियाले उत्साहित छौँ । दर्शकको प्रतिक्रियाको प्रतीक्षामा छ', उनले भने । 

अन्तिम अपडेट: मंसिर ६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया