भारतमा रहेकाे बीबीसीको कार्यालयमा तीन दिनसम्म आयकर विभागको खानतलासी

 फागुन ५, २०७९ शुक्रबार १३:५७:१२ | एजेन्सी
unn.prixa.net

भारतमा रहेकाे बीबीसीको कार्यालयमा आयकर विभागले तीन दिनसम्म खानतलासी गरेको छ । भारतीय आयकर विभागका अधिकारीले नयाँ दिल्ली र मुम्बईमा रहेको बीबीसी कार्यालयमा हिजो, अस्ति र गएको मङ्गलवार निरन्तर खानतलासी गरेका हुन् ।

यो विषयलाई बीबीसीले सकेसम्म चाँडो समाधान हुनुपर्नेमा जोड दिएको छ । साथै कुनै पनि डर त्रास वा कसैको पक्ष नलिइकन आफ्नो रिपोर्टिङ जारी रहने जनाएको छ ।

बीबीसीले बेलायतमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको आलोचना गरिएको एउटा वृत्तचित्र प्रसारण गरेको केही हप्तापछि बीबीसीको भारतमा रहेको कार्यालयमा आयकर विभागले खानतलासी गरेको हो । वृत्तचित्र सन् २००२ मा गुजरातमा भएका मुस्लिमविरोधी हिंसामा मोदीको भूमिकामा केन्द्रित छ । त्यसबेला मोदी गुजरातको मुख्यमन्त्री हुनुहुन्थ्यो ।

अन्तिम अपडेट: असोज १८, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया