पाकिस्तानमा धार्मिक हिंसा भड्किँदा कम्तीमा ३२ जनाको ज्यान गयो
मंसिर ८, २०८१ शनिबार
युक्रेनका राष्ट्रपति भाेलोदिमिर जेलेन्स्कीले सम्भावित शान्ति सम्झौताका लागि रुसलाई आफ्नो कुनै पनि भू–भाग दिन नसकिने बताउनुएको छ । उहाँले रुसलाई जमिन दिनु भनेको उसलाई बोलाइरहनुभएको बताउनुभएको बीबीसीले जनाएको छ । उहाँले पश्चिमा देशको हतियारको सहयोगमा शान्ति कायम हुने विश्वास पनि व्यक्त गर्नुभएको छ ।
राष्ट्रपति जेलेन्स्कीले वसन्तयामको आक्रमण सुरु भइसकेको भन्दै युक्रेनी फौज रुसी आक्रमणको प्रतिरोध गर्न सक्ने बताउनुभएको छ । रुसले हतियारको भाषामात्रै बुझ्ने जेलेन्स्कीको भनाइ छ । युद्ध कहिले अन्त्य हुन्छ भन्ने बीबीसीको प्रश्नमा उहाँले युक्रेन आफ्नो अस्तित्वका लागि लडिरहेको जवाफ दिनुभयो ।
रुसले युक्रेनमाथि आक्रमण सुरु गरेको यही फेब्रुअरी २४ अर्थात् एक हप्तापछि एक वर्ष पूरा हुँदैछ । तर पनि युद्ध रोकिने कुनै सङ्केत छैन । युद्धबाट भएको क्षतिको स्वतन्त्र पुष्टि भएको छैन । रुसी रक्षा मन्त्री सेर्गेई सोइगुले गएको सेप्टेम्बरमा झन्डै छ हजार रुसी सैनिकको ज्यान गएको बताउनुभएको थियो । त्यसयता रुसले क्षतिको कुनै जानकारी गराएको छैन । युक्रेनतर्फ भने डिसेम्बर २ मा राष्ट्रपति जेलेन्स्कीका वरिष्ठ सल्लाहकार मिखाइलो पोडोल्याकले १० देखि १३ हजारसम्म युक्रेनी सैनिकको ज्यान गएको बताउनुभएको थियो ।
युक्रेनलाई सघाइरहेको अमेरिकी प्रशासनले भने दुवैतर्फ कम्तीमा एक लाख सैनिकको ज्यान गएको हुनसक्ने बताएको छ । ज्यान गुमाउने गैरसैनिकको सङ्ख्याकाे बारेमा भने स्वतन्त्र पुष्टि भएको छैन । युद्धका कारण युक्रेनमा भौतिक संरचनाको ठूलो क्षति भएको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।