आईएमई पे नेपाल क्लियरिङ हाउसको 'नेसनल पेमेन्ट स्विच' मा सहभागी

 फागुन ५, २०७९ शुक्रबार १६:३४:२५ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – आईएमई पे अब नेपाल क्लियरिङ हाउसमार्फत प्रवर्धित नेसनल पेमेन्ट स्विचमा सहभागी हुने भएको छ ।

विद्युतीय भुक्तानी प्रणालीलाई झनै व्यापक र सुरक्षित बनाउने उद्देश्यका साथ याे सम्बन्धी सम्झौता सम्पन्न भएको हो । सम्झौतापछि बैंक एवम् डिजिटल भुक्तानी सेवा प्रदायकहरूलाई एउटै प्ल्याटफर्ममा राखेर पैसा ट्रान्सफर गर्न सहज पार्दछ ।

'आईएमई पे' आईएमई ग्रुप अन्तर्गतको डिजिटल वित्तीय सेवा प्रदायक उत्पादन हो । नेपाल राष्ट्र बैंकको भुक्तानी तथा फर्छ्याेट ऐन २०७५ बमोजिम आई.एम.ई डिजिटल सोलुसन लिमिटेडले दूरसञ्चार सञ्जालको माध्यमबाट मोबाइल वालेट सेवा 'आइएमई पे' प्रदान गर्ने अनुमति प्राप्त गरेको हो । यस्तो अनुमति पाउने आई.एम.ई डिजिटल सोलुसन लिमिटेड देशकै पहिलो भुक्तानी सेवा प्रदायक कम्पनी हो ।

अन्तिम अपडेट: चैत २७, २०८०

तपाईको प्रतिक्रिया