टर्कीमा भूकम्प गएको ११ दिनपछि एक किशोरसहित तीन जनाको जीवितै उद्धार

 फागुन ६, २०७९ शनिबार ७:३७:४ | एजेन्सी
unn.prixa.net

फाइल तस्बिर

टर्कीमा उद्धारकर्मीले भूकम्प गएको ११ दिनपछि तीन जनाकाे उद्धार गरेका छन् । १४ वर्षीय बालक र अन्य दुई जनालाई उद्धार गरिएको टर्कीमा खटिएका उद्धारकर्मीलाई उद्धृत गरी समाचार संस्था एएफपीले जनाएको छ ।

टर्कीको दक्षिणपूर्वी क्षेत्र र सिरियामा अघिल्लो सोमवार ७ दशमलव ८ रेक्टर स्केलको भूकम्प गएको थियो । भूकम्पको २ सय ६० घण्टापछि १४ वर्षीय उस्मानलाई उद्धार गरिएको स्वास्थ्यमन्त्री फहरेटिन कोकाले ट्विटरमा उल्लेख गर्नुभएको छ ।  उनको हताय प्रान्तको अन्ताक्या अस्पतालमा उपचार भइरहेको छ ।

उद्धारकर्मीले बिहीवार २६ र ३३ वर्षका अन्य दुई जनाको पनि उद्धार गरेका थिए । भूकम्पका कारण टर्की र सिरियामा ४१ हजारभन्दा धेरैको ज्यान गएको छ । हजारौँ घाइते भएका छन् । लाखौँ मानिस आश्रयविहीन भएका छन् । टर्कीका अधिकारीहरूले अदाना, किलिस र सानलियुर्फा प्रान्तमा उद्धार कार्य पूरा भएको बताएका छन् ।

अन्तिम अपडेट: असोज १३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया