पाकिस्तानको कराचीमा भएको आक्रमणमा तीन सुरक्षाकर्मीसहित चार जनाको ज्यान गयो

 फागुन ६, २०७९ शनिबार ९:४४:२ | एजेन्सी
unn.prixa.net

तस्बिर : एजेन्सी

पाकिस्तानको कराचीमा रहेको प्रहरी मुख्यालयमा भएको आक्रमणमा तीन सुरक्षाकर्मीसहित चार जनाको ज्यान गएको छ । दक्षिणी सहर कराचीमा रहेको प्रहरी मुख्यालयमा गएराति तालिबानी समूहको आक्रमणमा परि तीन सुरक्षाकर्मी र एक नागरिकको ज्यान भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

६/७ जनाको सङ्ख्यामा रहेका आक्रमणकारी समूहले प्रहरी मुख्यालयमा प्रवेश गरी गोली चलाएका थिए । सुरक्षाकर्मीले प्रतिकार गर्दा केही घाइते भएका छन् । सहरका अरु क्षेत्रबाट प्रहरी प्रधान कार्यालय कराचीमा थप सुरक्षाकर्मी पठाइएको छ ।

पाकिस्तानका विदेशमन्त्री बिलावल भुट्टो जर्दारीले ट्विट गरी आक्रमणको जानकारी दिनुभएको छ । साथै उहाँले कराची प्रहरी मुख्यालयमा भएको आतङ्कवादी आक्रमणको निन्दा गर्नुभएको छ । यो आक्रमणको तेहरिक–ए–तालिबान पाकिस्तान (टीटीपी) ले जिम्मा लिएको बीबीसी हिन्दीले जनाएको छ ।

गएको नोभेम्बरदेखि पाकिस्तानी तालिबानले सरकारसँगको एक महिने युद्धविराम एकतर्फी रुपमा समाप्त भएको घोषणा गरेसँगै आक्रमण र विस्फोटका घटना बढ्न थालेका छन् ।

अन्तिम अपडेट: असोज ९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया