पूर्व राजा ज्ञानेन्द्र शाहद्वारा राजनीतिक दलसँग सहकार्यको प्रस्ताव

 फागुन ७, २०७९ आइतबार ८:४४:३३ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल तस्बिर

काठमाण्डाै - पूर्वराजा ज्ञानेन्द्र शाहले प्रजातन्त्र जोखिममा परेको भन्दै राजनीतिक दलसँग सहकार्यको प्रस्ताव गर्नुभएको छ ।

राष्ट्रिय  प्रजातन्त्र दिवसका अवसरमा शुभकामना सन्देश दिँदै शाहले देश जोगाउन प्रजातन्त्रका लागि अपरिहार्य राजनीतिक दल र लामो समय देशभक्तिपूर्ण ऐतिहासिक विरासत बोकेको राजसंस्था आएर आपसी विश्वासका साथ सहकार्यका लागि विलम्ब गर्न नहुने बताउनु भएको छ । उहाँले नेपालको निरन्तर अधोगतिप्रति अब आफू मौन रहन नसक्ने उल्लेख गर्नु भएको छ ।  

पछिल्ला वर्षमा देशको दीर्घकालीन शान्ति, स्थिरता र अन्तर्राष्ट्रिय सम्मान र सार्वभौमिकतामा चिराचिरा पर्न थालेको भन्दै शाहले चिन्ता व्यक्त गर्नुभएको छ । उहाँले देशको परिस्थितिले आशा जगाउन नसक्दा हिमाल, पहाड र तराई मधेसका सबै दीनदुःखीलाई गरी खाने वातावरण बन्न नसकेको बताउनु भएको छ ।

यस्तै, शाहले  शासकीय उत्तरदायित्व र गाम्भीर्यको कमी देश भित्रका विषयमा मात्र नभएर परराष्ट्र सम्बन्धमा पनि देखिन थालेको बताउनु भएको छ । नेपालको सार्वभौमिक परिचयमा नै आँच आउने गरी कमजोर मानसिकताका साथ स्वार्थ केन्द्रित अपरिपक्क परराष्ट्र नीतिको अभ्यास गम्भीर चिन्ताको  विषय भएको शाहको शुभकामना सन्देशमा भनिएको छ ।  

अन्तिम अपडेट: बैशाख १८, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया