पाकिस्तानी तालिबानद्वारा थप आक्रमण गर्ने चेतावनी

 फागुन ७, २०७९ आइतबार ९:२७:२२ | एजेन्सी
unn.prixa.net

पाकिस्तानी तालिबान समूहले थप आक्रमण गर्ने चेतावनी दिएको छ । पाकिस्तानको कराचीमा रहेको प्रहरी मुख्यालयमा भएको आत्मघाती आक्रमणलगत्तै तालिबानले थप आक्रमणको चेतावनी दिएको हो ।

तालिबान समूहले शुक्रवार राति कराचीमा गरेको आक्रमणमा तीन सुरक्षाकर्मीसहित चार जनाको ज्यान गएको थियो । तेहरीक–ए–तालिबान पाकिस्तान (टीटीपी) ले विज्ञप्ति नै निकालेर थप आक्रमणको चेतावनी दिएको हो ।

विज्ञप्तिमा सुरक्षा निकायले निर्दोष कैदीलाई फर्जी मुठभेडमा मारिएको भन्न रोक्नुपर्ने अन्यथा भविष्यमा हुने आक्रमण अझ गम्भीर हुने उल्लेख गरिएको समाचार संस्था एएफपीले जनाएको छ ।

सन् २०१४ को अन्ततिर सुरु गरिएको सैन्य अभियानबाट टीटीपीका गतिविधिलाई दबाउने प्रयास थालिएको थियो । तर सन् २०२१ को अगष्टमा अफगानिस्तानमा तालिबानले काबुल कब्जा गरेपछि र टीटीपी र इस्लामावादबीच गएको वर्ष नोभेम्बरमा महिनौँ लामो युद्धविराम अन्त्य भएपछि सुरक्षा बललाई लक्षित गरी आक्रमणहरू फेरि बढ्दै गएका छन् ।

अन्तिम अपडेट: असोज १५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया