टर्की भूकम्प : भत्किएका संरचनामा परेकाहरूको खोजी र उद्धार कार्य सकियो

 फागुन ७, २०७९ आइतबार १८:३०:३९ | एजेन्सी
unn.prixa.net

तस्बिर : एजेप्लस

टर्कीमा गएको भूकम्पका कारण भत्किएका संरचनामा परेकाहरूको खोजी र उद्धार कार्य सकिएको छ । गएको माघ २३ गते गएको भूकम्पमा परेकाहरूको खोजी कार्य सकिएको टर्की सरकारलाई उद्धृत गर्दै कतारको सञ्चारमाध्यम अलजजिराले जनाएको छ ।

भूकम्पमा परेर टर्कीमा ४० हजार छ सय ४२ जनाको ज्यान गएको छ । टर्कीकाे सीमामा रहेको सिरियामा यसअघि नै खोजी कार्य सकिएको घोषणा भएको थियो । सिरियामा पाँच हजार आठ सय जनाभन्दा धेरैको ज्यान गएको छ । टर्की भूकम्पका कारण दुवै देशमा गरी ज्यान गुमाउनेको सङ्ख्या ४६ हजार नाघेको छ ।

विश्व स्वास्थ्य सङ्गठनले दुवै देशमा गरी दुई करोड ६० लाख जनाभन्दा धेरै मानिसलाई तत्काल राहत आवश्यक रहेको बताएको छ । टर्कीको कहरामनमारसलाई केन्द्रविन्दु बनाएर गएको सात दशमलव आठ र सात दशमलव पाँच रेक्टर स्कलेको भूकम्पबाट अकल्पनीय क्षति भएको संयुक्त राष्ट्र सङ्घले जनाएको छ ।

अन्तिम अपडेट: असोज १६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया