अमेरिकी राष्ट्रपति बाइडेन अचानक युक्रेनमा

 फागुन ८, २०७९ सोमबार १७:३०:५४ | एजेन्सी
unn.prixa.net

तस्बिर : एजेन्सी

अमेरिकी राष्ट्रपति जो बाइडेन युक्रेनको राजधानी किभ पुग्नुभएको छ । रुसी आक्रमणको वर्ष दिन पुग्न लाग्दा बाइडेन किभ पुग्नुभएको बीबीसीले जनाएको छ ।

रुसको आक्रमणपछि पहिलो पटक युक्रेन पुग्नुभएका बाइडेनले युक्रेनी राष्ट्रपति भाेलोदिमिर जेलेन्स्कीसँग भेट गर्नुभएको छ । युक्रेनका राष्ट्रपति जेलेन्स्कीले आफ्नो आधिकारिक टेलिग्राम च्यानलमा बाइडेनसँग हात मिलाउँदै गरेको तस्बिर सार्वजनिक गर्दै बाइडेनको यात्रा सम्पूर्ण युक्रेनीहरूका लागि एक अत्यन्त महत्त्वपूर्ण सङ्केत भएको उल्लेख गर्नुभएको छ ।

जेलेन्स्कीसँगको भेटपछि बाइडेनले युक्रेनलाई अमेरिकी समर्थन निरन्तर उपलब्ध गराइने बताउनुभएको बीबीसीले जनाएको छ । सैन्य अनुभवका बाबजुद पनि युक्रेनी नागरिकले साहसपूर्वक लडेको भन्दै बाइडेनले प्रशंसा गर्नुभएको छ ।

बाइडेन पोल्यान्डसँगको सीमाबाट रेल चढेर युक्रेन पुग्नुभएको न्युयोर्क टाइम्सले जनाएको छ । सुरक्षा चासोहरूलाई ध्यानमा राख्दै बाइडेनको भ्रमण गोप्य राखिएको थियो । शनिवार राति श्रीमतीसहित एउटा रेस्टुरेन्टमा खाना खाएपछि बाइडेन विना सूचना वाशिङ्टनबाट बाहिरिनुभएको थियो ।

रुसले युक्रेनमा आक्रमण सुरु गरेको यही फेब्रुअरी २४ मा एक वर्ष पूरा हुँदैछ । तर अझै पनि युद्ध सकिने सङ्केत देखिँदैन ।

अन्तिम अपडेट: असोज ९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

1 Comments

  • Binod Rijal

    Feb. 20, 2023, 5:53 p.m.

    Russia must abandon to get victory over Ukraine. Russia will not be able to get victory anytime soon rather it would go for undecided period that has been causing economical consequences. Russia must stop war and return to its normal developments precess.

  •  0 Reply

तपाईको प्रतिक्रिया