प्राधिकरणले रोक्यो गुण एअरलाइन्सको उडान

 फागुन ८, २०७९ सोमबार २०:३:० | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) ले निजी क्षेत्रको गुण एअरलाइन्सको विमानको उडान रोक्ने निर्णय गरेको छ ।

एअरलाइन्सको वित्तीय व्यवस्थापकीय कमजोरी तथा हवाई सुरक्षामा पर्नसक्ने जोखिमलाई मध्यनजर गरी उडान रोक्ने निर्णय भएको क्यानका प्रवक्ता जगन्नाथ निरौलाले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, ‘गुण एअरलाइन्सको आर्थिक व्यवस्थापकीय कमजोरी देखिएकोले कार्यरत कर्मचारीको मनोबल उच्च राख्न नसक्ने कारणले हवाई सुरक्षा जोखिमलाई मध्यनजर गरेर प्राधिकरणले कम्पनीका उडान रोक्का गर्ने निर्णय गरेको छ ।’

एअरलाइन्सले आर्थिकरूपमा सबल रहेको भनेर नआएसम्म पुनः उडान नहुने पनि प्रवक्ता निरौलाले स्पष्ट पार्नुभयो । निर्णयअनुसार गुणका सात वटै विमानले सोमवारदेखि नै उडान भर्न पाएका छैनन् ।

अन्तिम अपडेट: बैशाख १४, २०८१

तपाईको प्रतिक्रिया