राष्ट्रपतिमा सहमति जुटाउन नेताहरुबीच छलफल र भेटघाट बाक्लियो, नेपाललाई उम्मेदवार बन्न ओलीको प्रस्ताव

 फागुन ९, २०७९ मंगलबार ८:६:५१ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल तस्बिर

काठमाण्डाै - राष्ट्रपति चयनका लागि चुनाव नजिकिँदै गर्दा शीर्ष नेताहरुबीच छलफल र भेटघाट बाक्लिएको छ । अस्ति नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपाललाई राष्ट्रपति पदको उम्मेदवार बन्न प्रस्ताव गरेपछि नेताहरु सहमति जुटाउन थप सक्रिय बनेका छन् ।

एमाले र एकीकृत समाजवादीका दोस्रो तहका नेताहरु माधव नेपाललाई वामपन्थी दलका तर्फबाट राष्ट्रपतिको साझा उम्मेदवार बनाएर पार्टी एकता गराउन सक्रिय भएका छन् । एमालेले राष्ट्रपतिमा आफ्नो उम्मेदवारमा सहमति नहुने सम्भावना देखेपछि नेपाललाई अघि सारेको हो ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रिय सहमतिमा राष्ट्रपतिको चयन गर्ने अडान राखेपछि एमालेले नेपालसँग छलफल गरेको हो । नेपाली कांग्रेसले राष्ट्रपति चुनावमा प्रतिनिधि सभा तथा प्रदेश सभा चुनाव अघिकै गठबन्धन ब्युँताउने प्रयास गरिरहेकाले पनि एमाले सशङ्कित भएको छ ।

राष्ट्रपतिमा माओवादीले समर्थन गर्ने वचन दिए पनि संसद्को ठूलो दल कांग्रेसले अझै उम्मेदवार चयन गर्न सकेको छैन । राष्ट्रपतिमा कांग्रेस सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेलको चर्चा छ । माओवादीले  हिजो राष्ट्रपतिमा राष्ट्रिय सहमति खोज्ने र त्यसको निर्णय गर्ने जिम्मा प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष प्रचण्डलाई दिने निर्णय गरेको छ ।

निर्वाचन आयोगले आउँदो शनिवार राष्ट्रपतिका उम्मेदवारको मनोनयन दर्ता तथा र २५ गते चुनावको कार्यतालिका सार्वजनिक गरिसकेको छ । राष्ट्रपति विद्यादेवी भण्डारीको दोस्रो कार्यकाल आउँदो २८ गते सकिँदै छ । 

अन्तिम अपडेट: बैशाख २९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया