कम्बोडियाको एङ्कोरबाट चोरिएका प्राचीन राजमुकुट र आभूषण बेलायतमा भेटियो

 फागुन ९, २०७९ मंगलबार ९:३२:३७ | एजेन्सी
unn.prixa.net

कम्बोडियाको एङ्कोरबाट चोरिएका प्राचीन राजमुकुट र आभूषण बेलायतमा फेला परेका छन् । तीमध्ये केही सातौँ शताब्दीका रहेको खुलेको छ। ती सामग्रीहरू पुरातात्त्विक वस्तुको तस्करी गर्ने बेलायतको डग्लस ल्याच्फर्डको स्वामित्वमा रहेका थिए ।

फेला परेका आभूषणहरूको सङ्ग्रह गोप्य रूपमा कम्बोडियाको राजधानी फिर्ता पठाइएको बीबीसीले जनाएको छ । अब ती पुरातात्त्विक वस्तुहरू कम्बोडियाको राष्ट्रिय सङ्ग्रहालयमा प्रदर्शनीमा राखिनेछ । अमेरिकामा मुद्दाको सुनुवाइको पालो कुर्दाकुर्दै ल्याच्फर्डको सन् २०२० मा ज्यान गएको थियो । उनको परिवारले कम्बोडियाबाट चोरिएका ती वस्तुहरू फिर्ता गर्ने वचन दिएको थियो ।

कम्बोडियाको अनुसन्धान टोलीका प्रमुख ब्रायड गोर्डनले गएको वर्ष बेलायतको भ्रमण गर्दा पहिलो पटक ती प्राचीन आभूषणहरू देखेको बताउनुभएको छ। राजमुकुट र रत्नजडित ७७ वटा विभिन्न आभूषण फेला परेका उहाँको भनाइ छ । ती आभूषणहरू कसरी र कहिले हराएका थिए तथा कसरी बेलायत पुगे भन्ने बारेमा स्पष्ट छैन।

कम्बोडिया फ्रान्सको उपनिवेश हुँदा एङ्कोरमा ठूलो लुटपाट भएको थियो । कम्बोडियाका अधिकारीले एङ्कोरबाट हराएका अझ धेरै आभूषणहरू फेला पर्न बाँकी नै रहेको बताउँदै आएका छन्।

अन्तिम अपडेट: असोज १०, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया