पार्टी सुदृढीकरण तथा विस्तार गर्न एमालेको ‘मिसन ग्रासरुट’ अभियान

 फागुन १०, २०७९ बुधबार १०:२४:५४ | सन्ताेष रुचाल
unn.prixa.net

धनकुटा – नेकपा एमाले धनकुटाले आजदेखि ‘मिसन ग्रासरुट’पार्टी सुदृढीकरण तथा विस्तार अभियान–२०७९ थालेको छ । यस अभियानले पार्टी सदस्यता वितरणलाई व्यवस्थित गर्न भौतिक उपस्थितिमा मात्र सदस्यता नवीकरण तथा नयाँ सदस्यता वितरण गर्नमा जोड दिने बताइएको छ  ।

अभियानको शनिबार उद्घाटन गर्दै एमाले स्थायी कमिटी सदस्य राजेन्द्र गौतमले पार्टी सदस्यता वितरण र नवीकरण गर्दा भौतिक उपस्थितिमा मात्र गर्न पार्टी कार्यकर्ताहरुलाई निर्देशन दिनुभयो । पार्टीको विचार, नीति, सिद्धान्त नबुझाइकन नेताको गोजीबाट जथाभावी सदस्यता वितरण गरेर पार्टीमा अराजकता बढेकाले यो अभियान थालिएको उहाँको भनाइ छ । 

एमाले प्रदेश नं. १ का इन्चार्ज समेत रहनुभएका नेता गौतमले पार्टी केन्द्रको निर्देशन अनुसार मिसन ग्रासरुट अभियानमा सम्पूर्ण कार्यकर्ताहरुलाई लाग्नको लागि निर्देशन समेत दिनुभयो । मिसन ग्रासरुट अभियानको लागि धनकुटामा केन्द्रीय अभियान्ताहरु पार्टी केन्द्रीय सदस्य जीवन घिमिरे, लक्ष्मी गौतम र पिके राई तीन जना खटिएका छन् ।
 

अन्तिम अपडेट: बैशाख ६, २०८१

सन्ताेष रुचाल

रुचाल धनकुटाका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया