शेयर बजार उच्च अङ्कले बढ्याे

 फागुन १०, २०७९ बुधबार १५:१२:५७ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – केही दिनयता लगातार घटिरहेको शेयर बजार आज बुधवार भने उच्च अङ्कले बढेको छ । आज शेयर बजार परिसूचक नेप्से ३३ दशमलव ५७ अङ्कले बढेर दुई हजार ८० दशमलव ३८ विन्दुमा पुगेको छ ।

आज माइक्रोफाइनान्स, व्यापार र म्युचल फन्डबाहेक सबै समूहको शेयर बढ्दा बीमा, जलविद्युत् र होटल तथा पर्यटन समूहको शेयर उच्च अङ्कले बढेको छ ।

नेप्से बढे पनि कारोबार रकम भने घटेको छ । आज दुई सय ६९ वटा कम्पनीका ४७ लाख ७९ हजार कित्ता शेयर एक अर्ब ८० करोड रुपैयाँमा कारोबार भएका छन् । सबैभन्दा धेरै हिमालयन डिस्टिलरी लिमिटेडको १३ करोड २७ लाख रुपैयाँको शेयर किनबेच भएको छ ।

आज लिबर्टी इनर्जी, छ्याङ्दी हाइड्रोपावर र दोर्दी खोला जलविद्युत् कम्पनीको शेयर नौ प्रतिशतभन्दा धेरैले बढेको छ । बजार बढे पनि आदर्श लघुवित्त वित्तीय संस्थाको शेयर १० प्रतिशतले घटेर नकरात्मक सर्किट लागेको छ ।

अन्तिम अपडेट: मंसिर १८, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया