युवापुस्ता विवाह गर्न र बच्चा जन्माउन अनिच्छुक हुँदा दक्षिण कोरियाको प्रजनन दर घट्दै

 फागुन १०, २०७९ बुधबार १९:१९:११ | एजेन्सी
unn.prixa.net

दक्षिण कोरियाको प्रजनन दर उल्लेखनीयरूपमा घटेको छ । युवापुस्ता विवाह गर्न र बच्चा जन्माउन अनिच्छुक हुँदा प्रजनन दर घटेको कोरियाली तथ्याङ्क कार्यालयले जनाएको छ । 

सन् २०२१ मा कुल प्रजनन दर शून्य दशमलव आठ एक प्रतिशत रहेकामा गएकाे वर्ष कुल प्रजनन दर शून्य दशमलव सात आठ प्रतिशत कायम भएको काेरियाली तथ्याङ्क कार्यालयले बुधवार बताएको हो । यो प्रजनन दर सन् १९७० यताको सबैभन्दा कम हो । सन् २०१८ पछि लगातार देशको प्रजनन दर एक प्रतिशतभन्दा कम रहेको छ । 

बालबच्चाको स्याहारसुसारको लागतमा निरन्तर भइरहेको वृद्धि, बढ्दो बेरोजगारी, विवाहप्रति बदलिएको सामाजिक धारणा, आवासको उच्च मूल्यलगायत कारणले युवा पुस्तामा विवाह र सन्तान उत्पादनमा अरुचि तथा ढिलो विवाह गर्नाले प्रजनन दर घटेको कार्यालयले बताएको छ । 

कोरियाली तथ्याङ्क कार्यालयका अनुसार गएकाे वर्ष दुई लाख ४९ हजार बच्चा जन्मेका थिए भने सन् २०१७ मा चार लाख बच्चाको जन्म भएको थियो । त्यसपछि लगातार तीन वर्ष तीन लाख बालबालिका जन्मेका थिए ।

अन्तिम अपडेट: असोज ९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया