एक जना व्यक्तिले एउटा लघुवित्तबाट मात्रै ऋण पाउने

 फागुन १०, २०७९ बुधबार २०:१:१८ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – नेपाल राष्ट्र बैंकले एक जना व्यक्तिले एउटा लघुवित्त संस्थाबाट मात्र कर्जा सुविधा पाउने व्यवस्था छ । नयाँ ऋणीलाई ऋण लगानी गर्दा एक जना ऋणीलाई एकमात्रै लघुवित्तले कर्जा लगानी गर्न पाउने व्यवस्था गरेकाे राष्ट्र बैंकका प्रवक्ता डा. गुणाकर भट्टले जानकारी दिनुभयो ।

नेपाल राष्ट्र बैंकले लघुवित्तका लागि जारी गरेकाे एकीकृत निर्देशनमा संशोधन गर्दै बैंक तथा वित्तीय संस्थाबाट ऋण लिएका ऋणीलाई लघुवित्तले कर्जा लगानी गर्न नपाउने व्यवस्था पनि गरेको छ । यस्तै लघुवित्त संस्था वित्तीय संस्थालाई लाभांश वितरणमा कडाइ गरेको पनि प्रवक्ता भट्टले जानकारी दिनुभयो ।

यस्तै नेपाल राष्ट्र बैंकले लघुवित्त वित्तीय संस्थाले बचकर्तालाई दिने ब्याजदरको सीमा पनि तोकेको छ । लघुवित्तले कर्जा लगानी गर्दा दिने ब्याजदरको ५० प्रतिशत ब्याजदर निक्षेपमा पनि दिनैपर्ने व्यवस्था राष्ट्र बैंकले गरेको हो । यस्तै लघुवित्तलाई कर्मचारीको क्षमता अभिवृद्धिमा समेत काम गर्न राष्ट्र बैंकले निर्देशन दिएको छ ।

यसैबीच उपप्रधान एवम् अर्थ मन्त्री विष्णुप्रसाद पौडेलले सरकार लघुवित्त वित्तीय संस्थाहरूको समस्या समाधान गर्न गम्भीर भएर लागेको बताउनुभएको छ । प्रतिनिधि सभाको बैठकपछी संसद् भवनबाहिर सञ्चारकर्मीहरूलाई प्रक्रिया दिँदै अर्थ मन्त्री पौडेलले लघुवित्तको क्षेत्रमा देखिएका समस्याले लघुवित्तका ऋणीहरू प्रभावित हुने अवस्था आएको र समस्या समाधानका लागि सम्बन्धित निकायहरूले काम सुरु गरिसकेको बताउनुभयो ।

अन्तिम अपडेट: मंसिर १८, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया