यात्रा प्रतिबन्ध हटेसँगै युरोपेली देशमा शरणका लागि दश लाख जनाको आवेदन

 फागुन ११, २०७९ बिहीबार ६:४८:२८ | एजेन्सी
unn.prixa.net

फाइल तस्बिर

कोरोना महामारीका कारण लागू गरिएको यात्रा प्रतिबन्ध हटेपछि युरोपेली देशमा शरण खोज्नेहरूको सङ्ख्या अनपेक्षित रूपमा बढेको छ । यात्रा प्रतिबन्ध हटाएपछि युरोपेली सङ्घमा दश लाख जनाले शरणका लागि आवेदन गरेका छन् । यो विगत सात वर्षयताकै उच्च सङ्ख्या हो ।

शरणार्थीसम्बन्धी युरोपेली सङ्घको कार्यालयले सन् २०१६ पछि शरणका लागि आवेदन गर्नेको सङ्ख्या ५० प्रतिशतले बढेको जनाएको छ । कार्यालयको प्रारम्भिक तथ्याङ्कअनुसार गएको वर्षकाे अन्त्यतिर कोभिड–१९ स्वास्थ्य सुरक्षा मापदण्ड हटाइएपछि नर्वे र स्विट्जरल्यान्डबाहेक सङ्घमा आबद्ध देशमा दश लाख आप्रवासीले शरणार्थीको दर्जा प्राप्त गर्न आवेदन दर्ता गरेका छन् ।

शरणका लागि सबैभन्दा धेरै सिरियाली र अफगानीले आवेदन दिएका शरणार्थीसम्बन्धी युरोपेली सङ्घको कार्यालयलाई उद्धृत गरी समाचार संस्था एएफपीले जनाएको छ । त्यस्तै टर्कीए, भेनेजुएला, कोलम्बिया, पाकिस्तान, बङ्लादेश र जर्जियाका आप्रवासीको आवेदन पनि उच्च सङ्ख्यामा छ।

रुसी आक्रमणबाट भागेका युक्रेनीको सङ्ख्या तुलनात्मक रुपमा कम रहेको छ । युरोपेली सङ्घले उनीहरूलाई छुट्टै अस्थायी सुरक्षा व्यवस्था गरेकाले युक्रेनका थोरै नागरिकले शरणका लागि निवेदन गरेका खबरमा उल्लेख छ ।

अन्तिम अपडेट: असोज १२, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया