हलिउड निर्माता हार्वी वाइन्स्टिनलाई बलात्कार मुद्दामा १६ वर्षको जेल सजाय

 फागुन १२, २०७९ शुक्रबार १४:९:२७ | एजेन्सी
unn.prixa.net

तस्बिर : एजेन्सी

क्यालिफोर्नियाको एक अदालतले चर्चित हलिउड चलचित्र निर्माता हार्वी वाइन्स्टिनलाई बलात्कारको मुद्दामा दोषी ठहर गर्दै १६ वर्षको जेल सजाय सुनाएको छ।

बलात्कार र यौन दुर्व्यवहारका तीनवटा मुद्दामा सुनुवाइ सुरु भएको झण्डै दुई महिनापछि फैसला गर्दै अदालतले वाइन्स्टिनलाई १६ वर्षको जेल सजाय सुनाइएको बीबीसीले जनाएको छ । यसअघि सन् २०२० मा बलात्कार र यौन दुर्व्यवहारको मुद्दामा समेत दोषी ठहरिएपछि वाइन्स्टिनले न्युयोर्कमा २३ वर्षको सजाय भोग्दैछन् ।

न्यायाधीशले वाइन्स्टिनलाई न्युयोर्कपछि लगातार लस एन्जलसको सजाय पूरा गर्न आदेश दिएका बीबीसीले जनाएको छ । वाइन्स्टिनको घटनासँगै विश्वभर 'मीटु मुभमेन्ट' को लहर सुरु भएको थियो । वाइन्स्टिनलाई दोषी ठहराइएको तीन वटै आरोप एक युरोपेली मोडलसँग सम्बन्धित छन् । जसले २०१३ मा एलए इटालिया फिल्म फेस्टिवलपछि मिस्टर सी होटलमा वाइन्स्टिनद्वारा बलात्कृत भएको बयान दिएकी थिइन् । वाइन्स्टिन एक समय अमेरिकी चलचित्र उद्योगका सबैभन्दा शक्तिशाली व्यक्तिमध्ये एक थिए ।

७१ वर्षका वाइन्स्टिनले बाँकी जीवन जेलमा बिताउनुपर्ने देखिएको छ । 

अन्तिम अपडेट: असार २१, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया