विश्वव्यापी सम्पत्ति शुद्धीकरण विरोधी निगरानी संस्था एफएटीएफद्वारा रुसको सदस्यता निलम्बन

 फागुन १३, २०७९ शनिबार ९:२४:५८ | एजेन्सी
unn.prixa.net

विश्वव्यापी सम्पत्ति शुद्धीकरण विरोधी निगरानी संस्था फाइनान्सियल एक्सन टास्क फोर्स (एफएटीएफ) ले रूसको सदस्यता निलम्बन गरेको छ ।

समूहले विज्ञप्ति निकालेर रूसीको कदम एफएटीएफको आधारभूत सिद्धान्तको विपरीत रहेको पाइएकाले कारबाही अघि बढाइएको बताएको समाचारसंस्था एएफपीले जनाएको छ ।

युक्रेनमा भइरहेको रूसी आक्रमणलाई लिएर रुसको सदस्यता खारेज भएको हो । पेरिसमा पाँच दिनसम्म चलेको बैठकपछि एफएटीएफले नाइजेरिया र दक्षिण अफ्रिकालाई निगरानी बढाउने देशको सूचीमा समावेश गरेको छ । एफएटीएफले २ सयभन्दा बढी देश र क्षेत्राधिकारका लागि मापदण्ड निर्धारण गर्दछ र अधिकारीहरूलाई लागुऔषध तस्करी, मानव तस्करी र आतङ्कवाद जस्तागम्भीर अपराधहरूको सामना गर्न मद्दत गर्छ।

रूस युरोपेली परिषदबाट पनि निष्कासित भइसकेको छ भने संयुक्त राष्ट्र सङ्घीय मानव अधिकार परिषदबाट निलम्बित भएको छ । रुसले युक्रेनमा आक्रमण सुरु गरेको हिजो एक वर्ष पूरा भएको छ। 

अन्तिम अपडेट: असोज १०, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया