देशका केही ठाउँमा सामान्य हिमपात र वर्षाको सम्भावना

 फागुन १३, २०७९ शनिबार ८:१:१९ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - आज देशका केही ठाउँमा सामान्य हिमपात र वर्षाको सम्भावना रहेको मौसमविद्ले बताएका छन् ।

पश्चिमी वायुको प्रभावका कारण प्रदेश नम्बर १, बाग्मती र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका थोरै ठाउँहरुमा हल्का हिमपातको सम्भावना रहेको मौसम पूर्वानुमान् महाशाखाका मौसमविद् रोजन लामिछानेले बताउनुभयो ।

यस्तै प्रदेश नम्बर १, बाग्मती र गण्डकी प्रदेशको पहाडी भू–भागका थोरै ठाउँहरुमा र बाँकी प्रदेशका पहाडी भू–भागका एक/दुई ठाउँमा मेघ गर्जन र चट्याङ्गसहित सामान्य वर्षाको सम्भावना रहेको उहाँले बताउनुभयो । बाँकी भूभागमा मौसम सफा हुने महाशाखाले जनाएको छ ।

यस्तै आज राति प्रदेश नम्बर १, बाग्मती र गण्डकी प्रदेशका पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रही देशका बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहनेछ। 

अन्तिम अपडेट: मंसिर २, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया