सर्लाहीमा माेटरसाइकल दुर्घटना हुँदा दुई जनाकाे ज्यान गयाे
चैत १६, २०७९ बिहिबार
काठमाण्डाै - राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालको आठौँ महाधिवेशन धादिङबेसीमा सुरु भएको छ।
महाधिवेशनले आउँदाे तीन वर्षका लागि नयाँ कार्यसमिति चयन गर्नेछ । महाधिवेशनमा संस्थाको आउँदाे कार्यकालका लागि अध्यक्षमा गायिका रीता थापा मगर र गायक पशुपति शर्मा अध्यक्षका आकाङ्क्षी देखिनुभएको छ ।
बयालीस हजारभन्दा धेरै सदस्य भए पनि एक हजारभन्दा बढी प्रतिनिधि कार्यक्रममा सहभागी रहेका प्रतिष्ठानले जनाएको छ । महाधिवेशन भाेलि आइतवार समापन हुनेछ।
धादिङका पत्रकार सिताराम अधिकारी उज्यालोका जिल्ला सम्वाददाता हुनुहुन्छ ।