रूसले पाइपलाइनमार्फत् तेल आपूर्ति रोक्याे : पोल्यान्ड

 फागुन १४, २०७९ आइतबार ११:३:३१ | एजेन्सी
unn.prixa.net

तस्बिर : एजेन्सी

पाेल्यान्डले रूसले पाइपलाइनमार्फत् तेल आपूर्ति रोकेको जनाएकाे छ । 

पाेल्यान्डको ऊर्जा समूह ‘पीकेएन अर्लेन’ ले सम्झौताअनुसार ओर्लेनको आवश्यकताको १० प्रतिशत हिस्सा ओगटेको ड्रुज्बा पाइपलाइनमार्फत् रुसले तेल पठाउन बन्द गरेकाे जनाएकाे हाे । पाेल्यान्डले भने रुसको यो कदमले आफ्ना उपभोक्तालाई तेल आपूर्तिमा कुनै असर नपार्ने जनाएकाे समाचार संस्था एएफपीमा उल्लेख छ ।

ऊर्जा समूह पीकेएन अर्लेनले अब सबै पेट्रोलियम पदार्थको आपूर्ति समुद्री मार्गबाट हुने जानकारी पनि दिएको छ । अहिलेसम्म अर्लेनले आफ्नो इन्धन आवश्यकताको झण्डै १० प्रतिशत रूसी पाइपलाइनमार्फत् र बाँकी सामुद्रिक मार्गबाट अन्य देशबाट आयात गर्दै आएको थियो ।

रुस–युक्रेनमा युद्धलाई लिएर युरोपेली सङ्घ (ईयू) ले नयाँ चरणको प्रतिबन्ध लगाउने सहमति गरेलगत्तै पाेल्यान्डले पछिल्लो घोषणा गरेको हो।

अन्तिम अपडेट: असार २८, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया