नाइजेरियामा २४ वर्षपछि भएको राष्ट्रपतीय चुनावको मतगणना सुरु

 फागुन १४, २०७९ आइतबार १४:३३:३ | एजेन्सी
unn.prixa.net

नाइजेरियामा २४ वर्षपछि भएको राष्ट्रपतीय चुनावको मतगणना सुरु भएको छ । अफ्रिकी देश नाइजेरियामा सन् १९९९ मा सैन्य शासन समाप्त भएपछि पहिलो पटक राष्ट्रपतीय चुनाव भएको हो । यो चुनावलाई विश्वमा निकै कठिन चुनावका रूपमा चर्चा गरिएको छ ।

२० करोड बढी जनसङ्ख्या भएको नाइजेरियामा आठ करोड ७० लाख मतदाता रहेका छन् । हिजो शनिवार मतदान सम्पन्न भएपछि हजारौँ मतदान केन्द्रमा मतगणनाको काम अघि बढे पनि अन्तिम परिणाम आउन एक महिनासम्म लाग्न सक्ने अनुमान गरिएको बीबीसीले जनाएको छ । चुनावमा भएका छिटफुट हिंसाका घटनाले मतगणनलाई थप प्रभावित बनाउने अनुमान छ ।

नाइजेरियामा सत्तारूढ अल प्रोग्रेसिभ कांग्रेस र पीडीपी पार्टी मुख्य प्रतिस्पर्धामा छन् । राष्ट्रपति मुहम्मद बुहारीको उत्तराधिकारीका रूपमा लेबर पार्टीका पीटर ओबी चुनावी प्रतिस्पर्धामा हुनुहुन्छ ।

सन् १९६० मा बेलायती उपनिवेशबाट स्वतन्त्र बनेको नाइजेरियामा त्यसयता कयौँ पटक सैन्य ‘कु’ र राजनीतिक धाँदलीका घटना भएका छन् । नाइजेरियाका कैयौँ ठाउँमा अहिले पनि हिंसा चलिरहेको छ ।

अन्तिम अपडेट: असोज १२, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया