एक वर्षमा मानव अधिकार उल्लङ्घनसम्बन्धी एक सय २० वटा उजुरी दर्ता
मंसिर १९, २०८१ बुधबार
काठमाण्डाै – शेयर बजारमा आज आइतवार सामान्य सुधार भएको छ । बिहान बजार खुलेको केही समयमा ५९ अङ्कभन्दा धेरैले घटेर १९ सय ६३ अङ्कमा झरेकाे शेयर बजार उतारचढावका बीच बन्द हुने बेलामा बढेको हो ।
आज शेयर बजार परिसूचक नेप्से चार दशमलव ५५ अङ्कले बढेर दुई हजार २७ दशमलव १९ अङ्कमा पुगेको छ । आज लघुवित्त समूहको शेयर उच्च अङ्कले बढेको छ । सरकारले लघुवित्तको नियमनमा कडाइ गरेपछि गएको बुधवार र बिहीवार लघुवित्तको शेयर उच्च अङ्कले घटेको थियो । यस्तै आज होटल तथा पर्यटन र विकास बैंक समूहको शेयर पनि उच्च अङ्कले बढेको छ । आज व्यापार, उत्पादन, बैंकिङ र जीवन बीमा समूहको शेयर भने दोहोरो अङ्कले घटेको छ ।
आज दुई सय ६२ वटा कम्पनीको ६५ लाख १५ हजार कित्ता शेयर दुई अर्ब ५२ करोड रुपैयाँमा कारोबार भएको छ । आज विजय लघुवित्त, ग्रीन डेभलपमेन्ट बैंक र अभियान लघुवित्तको शेयर सात प्रतिशतभन्दा धेरैले बढेको छ । समग्रमा बजार बढे पनि जनउत्थान सामुदायिक लघुवित्तको शेयर पाँच प्रतिशतभन्दा बढीले घटेकाे छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।