राप्रपाले प्रदेश १ सरकार नछाड्ने

 फागुन १४, २०७९ आइतबार १७:४९:४० | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले प्रदेश नम्बर १ सरकार नछाड्ने भएको छ । सत्तारूढ गठबन्धनले बहुमत पुर्‍याउन सक्ने सम्भावना देखिएपछि राप्रपाले प्रदेश १ को सरकार नछाड्ने भएको हो ।

राष्ट्रपति उम्मेदवारको विषयलाई लिएर केन्द्रीय राजनीतिमा आएको फेरबदलका कारण राप्रपाले हिजो शनिवार सङ्घ र प्रदेशका सबै सरकारबाट बाहिरिने तथा समर्थन फिर्ता लिने निर्णय गरेको थियो ।

राप्रपा सङ्घीय सरकार र बाग्मती प्रदेश सरकारबाट हिजै बाहिरिसकेको छ । राप्रपा प्रदेश १ संसदीय दलका नेता तथा उद्योग, कृषि तथा सहकारी मन्त्री भक्तिप्रसाद सिटौलाले प्रदेश १ को राजनीतिक अवस्थाका कारण सरकार छाडिहाल्नुपर्ने परिस्थिति नभएको बताउनुभयो । उहाँले राप्रपाले एमालेसँग सहकार्य जारी राख्ने बताउनुभयो ।

प्रदेश १ को प्रदेश सभामा राप्रपाका छ जना सांसद छन् । एमाले र राप्रपा मिल्दा प्रदेशमा ४६ सदस्य हुन्छन् । ९३ सदस्यीय प्रदेश सभामा सरकार गठनका लागि ४७ सदस्य आवश्यक पर्छ ।

अन्तिम अपडेट: असार २३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया