एक वर्षमा मानव अधिकार उल्लङ्घनसम्बन्धी एक सय २० वटा उजुरी दर्ता
मंसिर १९, २०८१ बुधबार
काठमाण्डाै – कारोबार अवधिभरको उतारचढावपछि आज साेमवार शेयर बजार सामान्य घटेको छ । दिउँसो १२ बजेर ५५ मिनेटमा १९ सय ९० विन्दुमा झरेको शेयर बजार बजार बन्द हुने बेलामा हिजो आइतवारभन्दा तीन दशमलव ६५ अङ्कले घटेर दुई हजार २३ दशमलव ५४ विन्दुमा रोकिएको छ ।
आज लघुवित्त, फाइनान्स र उत्पादन समूहको शेयर उच्च अङ्कले घटेको छ । होटल र पर्यटन, व्यापार र अन्य समूहको शेयर भने दोहोरो अङ्कले बढेकाे छ । आज दुई सय ५९ वटा कम्पनीको ५१ लाख २० हजार कित्ता शेयर एक अर्ब ८९ करोड रुपैयाँमा कारोबार भएको छ ।
आज राप्ति हाइड्रो पावर कम्पनीको शेयर छ प्रतिशतभन्दा धेरैले घटेकाे छ । समग्रमा बजार घटे पनि स्वाभिमान लघुवित्त र साम्लिङ पावर कम्पनीको शेयर नौ प्रतिशतभन्दा धेरैले बढेको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।