जापानले अमेरिकासँग चार सय वटा 'टोमाहक' क्षेप्यास्त्र खरिद गर्ने

 फागुन १६, २०७९ मंगलबार ६:३६:५२ | एजेन्सी
unn.prixa.net

तस्बिर : एजेन्सी

जापानले अमेरिकासँग चार सय वटा टोमाहक क्षेप्यास्त्र खरिद गर्ने भएको छ । प्रधानमन्त्री फुमियो किशिदाले अमेरिकाबाट चार सय वटा टोमाहक क्षेप्यास्त्र खरिद गर्ने तयारी भइरहेको जानकारी दिनुभएको छ।

महिनाको सुरुमा जापानी रक्षामन्त्रीले आउँदो आर्थिक वर्षमा क्षेप्यास्त्र खरिदका लागि १ दशमलव ५ अर्ब अमेरिकी डलर बराबरको रकम छुट्याएको जानकारी दिनुभएको थियो।

चीनको बढ्दो सैन्य प्रभाव र आणविक शक्ति सम्पन्न उत्तर कोरियाको क्षेप्यास्त्र परीक्षणको सामना गर्न किशिदा प्रशासनले जापानको प्रतिरक्षा क्षमता विस्तार गर्न चाहेको विश्लेषण हुँदै आएको चिनियाँ समाचार संस्था सिन्ह्वाले जनाएको छ।

रूसले युक्रेनमाथि गरेको आक्रमण र चीनले ताइवानमाथि कब्जा जमाउन सक्ने आशङ्काकाबीच जापान सरकारको पछिल्लो निर्णय सार्वजनिक भएको हो ।   

अन्तिम अपडेट: असोज १०, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया