पहाडी क्षेत्रको एक/दुई ठाउँमा आज मेघगर्जनसहित पानी पर्न सक्ने

 फागुन १६, २०७९ मंगलबार ८:४१:२१ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - पहाडी क्षेत्रको एक/दुई ठाउँमा आज मेघगर्जनसहित पानी पर्ने अनुमान गरिएको छ ।

मौसमविद् गोविन्द झाका अनुसार आज पहाडी क्षेत्रको मौसम आंशिकदेखि सामान्य बदली हुने अनुमान गरिएकाे छ भने एक/दुई ठाउँमा मेघगर्जनसहित पानी पर्ने सम्भावना छ।

यस्तै, उच्च पहाडी र हिमाली क्षेत्रका एक/दुई ठाउँमा आज हल्का हिमपातको सम्भावना छ । अन्य क्षेत्रको मौसम भने सामान्यतया सफा रहने अनुमान गरिएको छ ।

अन्तिम अपडेट: चैत १६, २०८०

तपाईको प्रतिक्रिया